+
+
Shares

मधेश सरकारले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २१:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले रसुवाको भोटेकोसी नदी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सहयोग गर्ने निर्णय गरेको छ।
  • मन्त्री परिषद बैठकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
  • मुख्यमन्त्री, मन्त्रीलगायत पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

१० भदौ, जनकपुरधाम । रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
सरकारले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई सहयोगका लागि सरकारले अपिल गरेको छ ।

त्यस्तै, विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सरकारले विपद्को अवस्थामा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?