+
+

एकताको आधार निर्माण गर्न मेरो सबै प्रयत्न रहनेछः शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १७:१४

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र एकताका आधारहरु निर्माण गर्नुपर्ने दायित्व सबैमा रहेको बताएका छन् ।

महासमिति बैठकको समापन कार्यक्रममा पहिलो वक्ता रहेका कोइरालाले भने,‘एकताको आधारहरु निर्माणहरु गर्नुपर्ने दायित्व सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ ।’ महासमिति बैठकले भविष्यको कांग्रेसको जिवन्तता प्रदान गरेको बताए ।

बैठकपछि नेता कार्यकर्ता उर्जालिएर कर्मभूमिमा फर्कने अपेक्षा उनले राखे । आफू भित्रको लोकतान्त्रिक चरित्रलाई जनता माझ प्रस्तुत महासमिति बैठक मार्फत भएको उनले बताए ।

निर्वाचन प्रणाली परिवर्तनका आवश्यकता रहेको बताउँदै कोइरालाले त्यसको पहलकर्ता कांग्रेस हुनुपर्ने बताए । यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भएको र त्यसलाई चिर्न राज्य संयन्त्र मात्रै प्रर्याप्त नहुने भएकाले पार्टी संगठन व्यापक रुपमा परिचालन हुनुपर्ने बताए ।

कांग्रेस रुपान्तरणको आफ्नो यात्रा अविचलित रहेको उनले महासमिति बैठकमा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?