+
+
Shares

दलहरूले देशलाई प्राथमिकता दिएनन् : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते २०:१३

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरूले देशलाई प्राथमिकता नदिएको बताएका छन् ।

घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले सबैजना पार्टीभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भन्दै आएको छु,’ कोइरालाले भने ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म हुँदैन ।’

छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्ने कोइरालाले बताए । राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकतामा नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । उनले भने, ‘नेताहरूले पहिले आफू त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले संकट गहिरिएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?