News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ क्षेत्र नं- ६ का विभिन्न दलका उमेदवारहरूले डा शेखर कोइरालालाई समर्थन गर्दै आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्।
- नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका उमेदवारहरूले डा कोइरालालाई सहयोग गर्ने बिज्ञप्ति निकालेका छन्।
- नेपाल मजदुर किसान पार्टी र अन्य दलका उमेदवारहरूले लोकतन्त्र र देशका लागि डा कोइरालाको जित आवश्यक भएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
१८ फागुन, काठमाडौं । मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै बिज्ञप्ती निकालेर डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफुहरुको भन्दा डा शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफुहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।
प्रतिक्रिया 4