+
+

समस्याको जड निर्वाचन प्रणाली : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १९:३८

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताएका छन् ।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘गलत निर्वाचन प्रणालीको परिणामले जहिल्यै सरकार गठन र बिघटन हुने अवस्था आएको छ । त्यसैले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम हुँदैन ।’

संविधान संशोधन गरेर सुशासन, विकास र समृद्धिको बाटोमा मुलुकलाई हिंडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए । उनले भने, ‘अब निर्णायक शक्ति मिलौं । कति सधैं सरकार गठन र बिघटनमा मात्रै लागिरहने, जनताका काम कहिले गर्ने, विकास कहिले गर्ने,’ उनले भने ।

संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरू पटकपटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको उदाहरण दिंदै काेइरालाले भने, ‘दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो ।’

परिवर्तन कांग्रेसबाट मात्रै सम्भव भएकाले अहिले एमालेलाई मिलाएर संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?