+
+

नेपालगञ्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १७:१७

१० फागुन, नेपालगञ्ज । ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगञ्जमा हुने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो

दृष्टिविहीन मेनुका नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिइन् । भारतीय गायन रियालिटि शो ‘सारेगमप’मा समेत भाग लिएकी पौडेलको चर्चा त्यतिबेला चुलियो, जतिबेला उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादू छरिन् ।

इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।

इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यू’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।

नेपालगञ्जमा हुने विशेष कार्यक्रम लाई  ‘लेट्स सिङ विथ मेनुका´ नाम दिइएको छ ।

बाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने आयोजक संस्था अन्तरालका प्रमुख जयनारायण शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?