+
+

एमाले नेताहरु सामाजिक सञ्जालमा सक्रिय हुने, अभिलेख प्रचार विभागले राख्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:५२

१० फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिएको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमा सक्रिय हुनुपर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले बैठकको निर्णय सुनाउने क्रममा पार्टीविरुद्ध हुने नकारात्मक सूचना खण्डन गर्न नेताहरु सामाजिक सञ्जालमा सक्रिय हुनुपर्ने निष्कर्ष सुनाएका हुन् ।

‘पार्टीलाई कमजोर बनाउने सूचना सामाजिक सञ्जालमा आउँछन्, त्यसको प्रतिवाद गर्न नेताहरु सक्रिय हुनुपर्छ’, महासचिव पोखरेलले भने ।

यसरी सामाजिक सञ्जालमा नेताहरुले लेखेको विषयलाई पनि मूल्यांकन गरिने भएको छ । त्यसका निम्ति प्रचार विभागले अभिलेख राख्ने निर्णय बैठकले गरेको छ ।

यसबाहेक एमालेले संगठनात्मक सुधार, संसद र सडकमा पार्टीको भूमिका लगायतबारे पनि निर्णय गरेको छ । सदस्यता वितरण र शुद्धीकरणबारे अभियान चलाउने, पार्टी स्कूललाई स्थायी बनाउने र समयभित्रै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने एमालेले निर्णय गरेको छ ।

जनप्रतिनिधि र पार्टीबीचको समन्वय प्रभावकारी बनाउने संयन्त्र बनाउने, र जनप्रतिनिधिहरुको क्षमता बृद्धि गर्न प्रशिक्षण चलाउने एमालेले निर्णय गरेको छ । सँगै, जनपरिचालनको तयारी पनि एमालेले गरेको छ ।

जनपरिचालनको खाका ल्याउने जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । बैठकले आगामी १० वैशाखमा ललितपुरको गोदावरीमा कम्युनिष्ट पार्टी स्थापनाको हरिक महोत्सव मनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?