+
+

ओलीको निर्देशन : मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:३५

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकर्ताबीच परिवारको सदस्य जस्तो व्यवहार गर्न आग्रह गरेका छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यहरुले एकअर्काको समस्या सुधारेर जानुपर्ने बताए ।

एकअर्कामा भएको कमजोरी सुधार्न पार्टीका सदस्यहरुबीच आत्मीय सम्बन्ध आवश्यक रहेको ओलीले बताए । ‘मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू’ अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

त्यसरी आलोचना गरेबापत कसैले पनि डर र त्रासमा पर्न नपर्ने अध्यक्ष ओलीले बताएका छन् । ‘मेरै आलोचना भएपनि महासचिवको आलोचना भएपनि अथवा कसैको बारेमा भन्नु परेपनि भेटेर कुनै डर राख्नु पर्दैन’, ओलीको भनाइ उधृत गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।

उनका अनुसार, पार्टी एउटा परिवार भएकाले कुनै सदस्यबारे सुझाव दिन हच्किन आवश्यक नरहेको अध्यक्ष ओलीले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकले पनि हरेक पार्टी नेताबारे लागेको कुरा सम्बन्धित कमिटीमा छलफल गर्न सकिने निर्णय गरेको छ । विशेषगरी आर्थिक अपचलन र नैतिक विचलनको विषयमा सम्बन्धित कमिटीमा छलफल गरिने निर्णय बैठकले गरेको छ ।

त्यसरी आएको निवेदन र भएको निर्णय माथिल्लो कमिटीमा पठाइने भएको छ । केन्द्रीय कमिटीका नेताहरुबारे भने सचिवालयले निर्णय गर्ने महासचिव शंकर पोखरेलले निर्णय सुनाएका छन् ।

एमालेले आगामी वर्ष २०८१ भर शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने भएको छ । त्यसै अन्तर्गत सम्बन्धित कमिटीमा उजुरी दिन सकिने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?