+
+

एमाले बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:५६

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका विषयमा कार्ययोजना प्रस्तुत गरेका छन् ।

त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माण र यसका समस्याका विषयमा, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाकाका विषयमा कार्ययोजना पेश गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ती कार्ययोजनामाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई ९ समूहमा विभाजन गरिएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरुको अर्को समूह रहेको गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?