+
+

आजदेखि मौसममा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १०:२०

११ फागुन, काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ ।

महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ । बाँकी तिर सफा हुन्छ ।’

पश्चिमी वायुको प्रभावले गत आइतबारदेखि पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको थियो । यो पूर्वतिर सर्ने क्रममा विहीबार काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो ।

आज बिहानदेखि भने काठमाडौं घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा देखिएको छ ।

बिहीबार काठमाडौंमा ३.६ मिलिमिटर वर्षा भएको थियो । पोखरामा ७.५, घोराहीमा  ५.८, दिपायल र डडेलधुरामा समान ३/३ मिलिमिटर वर्षा भएको थियो ।

महाशाखाका अनुसार अब गर्मी बढ्ने छ । तापक्रम बढेसँगै स्थानीय वायुको प्रभावले हावाहुरी चल्ने र चट्याङ सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?