+
+

टोनी क्रुसले फिर्ता लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १२:३७

११ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास फिर्ता लिएका छन् ।

यही वर्ष जर्मनीले युरोकप आयोजना गर्दैछ र त्यसैलाई मध्यनगर गर्दै क्रुस सन्यास फिर्ता लिएर जर्मनीको राष्ट्रिय टिममा फर्किएका हुन् ।

३४ वर्षीय मिडफिल्डर क्रुसले सन् २०१४ मा जर्मनीबाट विश्वकप जितेका थिए ।

सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुअघि उनले राष्ट्रिय टिमबाट १०६ क्याप जितेका छन् ।

क्रुसले जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको छलफलपछि सन्यास फिर्ता लिने निर्णय गरेको बताएका छन् । ‘म मार्चदेखि फेरि जर्मनीको लागि खेल्नेछु । यसबारे मलाई प्रशिक्षकले सोधेका थिए र म यसको लागि तयार छु,’ क्रुसले इन्स्टाग्राममा लेखेका छन् ।

उनले युरो कपमा जर्मनीले राम्रो प्रदर्शन गर्ने विश्वास पनि राखेका छन् ।

क्लब करिअरमा क्रसले जर्मन बुण्डेसलिगा र ला लिगा समान तीन पटक जितेका छन् । साथै उनले ५ पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

जर्मनीले अर्को महिना फ्रान्स र नेदरल्याण्ड्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ र त्यस खेलका लागि क्रुस पनि टिम छनोटमा उपलब्ध हुनेछन् । जर्मनीले युरो २०२४ को पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध १४ जुनमा एलिएन्ज एरिनामा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?