+
+

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १३:०५

काठमाडौं । षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’ले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फागुन २१ गतेदेखि दुई चरणमा उक्त प्रवर्द्धन अभियान आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ ।

निर्माता म्याक्स दीपेश खत्रीले हलमा रिलिज हुनुअघि विभिन्न सहरमा पुगेर दर्शक भेट्ने उद्देश्यअनुसार महाकमेडी यात्रा हुन लागेको हो । टेलिभिजन रियालिटी शोबाट उदाएका कमेडियनहरु यो कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

निर्माता खत्रीसहित कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र वर्षा राउत पनि भ्रमणमा संलग्न हुनेछन् ।

हास्य कलाकारको तर्फबाट दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगी पनि हुनेछन् । उनीहरुले रोड शोमार्फत मनोरञ्जन दिने जनाइएको छ ।

‘हामीले फिल्मको प्रचारप्रसारका लागि काठमाडौं झैं मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौं । यसपटक हामीसँगै दर्शकमाझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दैछौं,’ निर्माता खत्रीले भने ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । यसअघिका अघिल्ला दुई भागले व्यावसायिक सफलता हासिल गरेका थिए ।

तेस्रो श्रृंखलामा हरिवंश थपिएका छन् । अन्य कलाकार पनि यथावत् छन् । पैसा लुकाउँदा आइपर्ने परिस्थितिमा तेस्रो श्रृंखलाको कथावस्तु आधारित छ । चैत ९ गते यो फिल्म नेपालसहित एकैसाथ विदेशमा समेत रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?