+
+

कमेडी च्याम्पियनका निर्देशक भण्डारी हाजिर जमानीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १०:४६

११ चैत, काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् ।

शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले अनलाइनखबरलाई जानकारी दिए । ‘हिजो दिनभर घाइतेका परिवारसँग राखेर छलफल भयो । सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि उहाँ हाजिर जमानीमा छुट्नुभएको हो,’ एसपी विष्टले भने ।

कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेको बताइएको छ । ‘दुर्घटनाका घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्छ,’ एसपी विष्टले भने ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए । बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?