+
+

प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १६:५९

११ फागुन, काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।

‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको अनलाइनखबरलाई बताए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, पीडित महिला ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् ।

‘पार्किङ क्षेत्रमा चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन जानु भएको रहेछ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘ तर आउँदा महिला हिँडिसक्नुभएको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?