+
+

लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १८:१०

११ फागुन, काठमाडौं । पिस प्वाइन्टले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

बूढानीलकण्ठ नगरपालिका ९ को एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले काष्ठमण्डपलाई १–० गोलले पराजित गर्‍यो । पिस प्वाइन्टको जितमा रोनिक ठाकुरले निर्णायक गोल गरे । काष्ठमण्डपका अध्ययन शेरचन फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

पिस प्वाइन्टका रन्जित खड्का उत्कृष्ट गोलरक्षक, ब्रम्हकुञ्जका एलेक्स कुँवर उत्कृष्ट डिफेन्डर, काष्ठमण्डपका विशांक कार्की उत्कृष्ट स्ट्राइकर, लोयल्टी ‘बी’ का साहिल राई उत्कृष्ट मिडफिल्डर र पिस प्वाइन्टका यतीराज गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगितभर ११ गोल गरेका लोयल्टीका विंगु थापा सर्वाधिक गोलकर्ता भए । नेपाल पुलिस स्कुलले अनुशासित टिमको उपाधि जित्यो ।

विजेतालाई फेडाप गाउँपालिका, तेह्रथुमका अध्यक्ष केशव भेटवाल, बूढानीलकण्ठ नगरपालिका वडा ९ का सदस्य रमेश गौतम, समाजसेवी शंकर आचार्य, आयोजक विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङ, व्यवसायी शंकर कार्की, लोयल्टीका विद्यालय प्रशासन प्रमुख हरिप्रसाद दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकको २ सहित १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?