+
+

अमेरिकाले गर्‍यो रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्धको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:२९

११ फागुन, काठमाडौं । युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्तापछि घोषणा गरिएको हो ।

राष्ट्रपति जो बाइडेनले नाभाल्नीको जेल सजायका लागि जिम्मेवार र रुसी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेर प्रतिबन्ध लगाइएको घोषणा गरे । यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति बिडेनले विज्ञप्ति जारी गरेर भनेका छन् कि यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमण र देशमा गरेको दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने निश्चित गर्नेछ ।

युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?