+
+

एमाले कैलाली अधिवेशनमा खस्यो ५७८ मत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते २०:४१

११ फागुन, धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिन सुखडको घोडाघोडी बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजदेखि मतदान सुरु भएको थियो । झण्डै १२ घण्टासम्म चलेको मतदानमा ५७८ मत खसेको छ ।

निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार ५९१ जना प्रतिनिधि रहेकोमा १३ मत भने खसेन । मतदान सकिएसँगै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । शुक्रबार रातिदेखि नै मतगणना गरिने जोराले जानकारी दिए ।

एमाले कैलालीको अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

कैलाली जिल्ला अधिवेशनको ६ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?