+
+

बर्लिनमा नेपाली फिल्म ‘शाम्बाला’को विश्व प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते २१:५३

काठमाडौं । शुक्रबार बेलुका बर्लिन फिल्म फेस्टिभलमा इतिहास रचियो । पहिलोपटक यो विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा कुनै नेपाली फिल्मको रेडकार्पेट प्रिमियर भैरहेको थियो ।

अवश्य पनि, मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ले बर्लिनको अन्तर्राष्ट्रिय विधामा छनोट हुँदै पहिलो नेपाली फिल्मको रुपमा इतिहास रच्यो । फिल्म प्रिमियर हुनुअघि यसलाई दिइएका ५ वटै पब्लिक शोजका टिकट अग्रिम बुकिङ भैसकेको थियो ।

प्रिमियरपूर्व निर्देशक भामसहित कलाकारहरु कार्म, थिन्ले ल्हामो, सोनम तोप्देन लगायतले पत्रकार सम्मेलनमा भाग लिए । विश्व मिडियासामु उनीहरुले फिल्म निर्माणका अनुभव बाँडे । उनीहरुले फोटोकलमा पनि सहभागिता जनाए ।

तस्वीर : गेट्टी इमेजसहितका एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?