+
+

धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १५:१०

१२ फागुन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका- ५ जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ ।

शनिबार सिरहा र धनुषा जोड्ने नेपालकै लामो झोलुंगेपुल उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पक्की पुलको पनि शिलान्यास गरेका हुन् ।

एक अर्ब ११ करोड लागत रहेको ६०० मिटर लामो पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ पाएको यो पुल ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ ।

डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए ।

चालु आर्थिक वर्षमा कम बजेट भएपनि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?