+
+

चोरीका सामानसहित भक्तपुरमा २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १७:१२

१२ फागुन, काठमाडौं । भक्तपुरको एक घरबाट नगद र गरगहना चोरी गरी भागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा घर भई काठमाडौंको टेकु बस्दै आएका १९ वर्षीय राजेश भुजेल र काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ का १८ वर्षीय समिर श्रेष्ठ रहेका छन् ।

उनीहरूले शुक्रबार साँझ भक्तपुर चाँगुनारायण नगरपालिका– ३ का भुवन खत्रीको घरमा दराज फुटाई विभिन्न गरगहना र नगद चारी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीमा उजुरी आउनसाथ खटिएको प्रहरीले भुजेल र श्रेष्ठलाई सामानसहित पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए ।

उनीहरूको साथबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा, औठी, नेक्लेस, मुन्द्री, तिलहरी, पुतली र रानीहार १÷१ थान बरामद भएको छ । साथै चाँदीको पाउजु, नगद एक हजार २६६ रुपैयाँ र तालचा फुटाउन प्रयोग हुने फलामको टिनो पनि बरामद भएको उनको भनाई छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?