+
+
Shares

संविधान दिवसमा असल चालचलन भन्दै छुटेका व्यक्ति चोरी आरोपमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते २२:००
चोरी आरोपमा पक्राउ परेका रघुनाथ बस्नेत ।

३ माघ, काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् ।

खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला असलचालचलन भएको भन्दै छुटेका थिए ।

‘छुट्नेवित्तिकै उनी फेरि चोरीमा संलग्न भएको देखिन्छ’, एसएसपी खनालले अनलाइनखबरसँग भने, ‘उनलाई यसअघि चोरीमा १२ वर्षसम्म जेल सजायको आदेश भएको थियो ।’

प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।

‘ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको देखिएको छ’, खनालले भने ।

एसएसपी खनालका अनुसार, उनले चोरीका लागि अनौठो तरिका प्रयोग गर्ने गरेको खुलेको छ । ‘प्रायः विदेशी बस्ने घरलाई टार्गेट गर्ने गरेको देखिन्छ भने चोरी गर्न छिर्दा र बाहिर निस्किँदा फरकफरक लुगा लगाउने गरेको देखिएको छ’, खनालले भने, ‘प्रहरीलाई अनुसन्धान गर्दा गाह्रो होस् भनेर उनले यसो गर्ने गरेको देखिन्छ ।’

उनले प्रहरीबाट बच्नका लागि चोरी गरेर फर्किँदा समेत सिधै घर नजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘भक्तपुरको निकोसेरा डेरा भएकामा उनी चोरी गरेर निस्किएर काठमाडौंका विभिन्न स्थान डुलेर कहिले साइकल कहिले पठाओ चढेर घरसम्म पुगेको देखिएको छ’, एसएसपी खनालले भने, ‘धेरै पटक पक्राउ परिसकेको भएर होला उनको अपराध शैली अलि फरक देखिएको छ ।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने चोरीका अन्य घटनामा पनि उनको संलग्नता हुनसक्ने आशंका छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?