+
+

म्याग्दीको अन्नपूर्णद्वारा यु–१८ बास्केटबलको उपाधि रक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते २०:४५

१२ फागुन, काठमाडौं । डिफेन्डिङ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

नयाँ बजारस्थित कीर्तिपुर कभर्डहलमा भएको फाइनलमा म्याग्दीको अन्नपूर्णले कास्कीको अर्को अन्नपूर्ण गाउँपालिकालाई ७४–६६ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

उसको जितमा सुजन परियार २९ अंक योगदान गरे । कास्कीको अन्नपूर्णका ओमकार रखालले ३३ अंक जोडेपनि जितका लागि पर्याप्त भएन ।

उपाधिसंगै म्याग्दीको अन्नपूर्णले १ लाख नगद पुरस्कार पायो भने उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई संघीय सांसद् एवं युवा तथा खेलकुद पूर्व मन्त्री राजेन्द्र केसी (राजन), बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?