+
+

मिटरब्याजीलाई दलहरुले नै प्रश्रय दिएका रहेछन् : सुमना श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:०५

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार प्रतनिधि सभाको शून्य समयमा बोल्दै उनले कानुनसम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुने सक्ने बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईंले निर्णायक काम गर्नुपर्‍यो ।’

हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ । उनी थप्छिन्, ‘…छानबिनको लागि के स्रोत चाहिन्छ दिनुस् ।’

अहिलेको लम्बेतान प्रक्रियामा मिटरब्याज पीडितले न्याय नपाउने दाबी गर्दै उनले थपिन्, ‘यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण ?’

एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण दिन सक्ने पनि उनको सुझाव छ ।

मिटरब्याजीहरुलाई राजनीतिक दलको प्रश्रय रहेको समेत थाहा पाएको उनले सुनाइन् । पटक-पटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बोलेकी रास्वपा सांसद श्रेष्ठले भनेकी छन्, ‘सामन्तवादविरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्रीज्यू, अहिले सामान्तवादकै प्रतीक मिटरब्याजी साहुकारहरुलाई विभिन्न राजनीतिक मान्छेहरुले प्रश्रय दिएको कुरा हिजो छलफलमा थाहा पाएँ । यसलाई अन्त्य गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?