+
+
Shares

मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान 

अनुचित लेनदेन र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा जिल्ला अदालतले मिटरब्याजी आरोपमा पक्राउ परेका रेखा साह, हरेराम साह र गोपाल साहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
  • न्यायाधीश हिरामाया अवालको इजलासले ठगी र आपराधिक विश्वासघातको मुद्दामा सुनुवाइ गर्दै उनीहरूलाई कारागार पठाउने निर्णय गरेको हो।
  • प्रहरीले आरोपितहरूको घरबाट जग्गाधनी पुर्जा र नागरिकतासहितका कागजात बरामद गरेको थियो भने उनीहरूमाथि हालसम्म नौवटा मुद्दा दर्ता भएका छन्।

२९ साउन, जनकपुरधाम । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो ।

दुईदिनसम्म मिटरब्याज पीडितहरू तथा पक्राउ परेकापक्षका माननिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । यो मुद्दामा जाहेरवाला नेपाल प्रहीका पूर्वएसपएसपी गोबिन्दकुमार साहसमेत छन् ।

विदेह नगरपालिका –८ बफैँका साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।

धनुषा प्रहरीका अनुसार पक्राउ परेका गोपालको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता लगायतको कागजात तथा ल्यापटप बरामद गरेको थियो ।

उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।

अन्य मुद्दामा सुनुवाइ जारी रहेको र अब अदालतको आदेश बमोजिम उनीहरूलाई जलेश्वर कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?