+
+

कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय थप

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १३:५२

११ फागुन, काठमाडौं । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०÷२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको हो ।

बोर्डले यस अघि १५ माघमित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरेको थियो । तर, तोकिएको समयभित्र कतिपय विद्यार्थीको रजिष्ट्रेसन आवेदन बुझाउन छुट्न गएकोले समय थप गरेको बोर्डले जनाएको छ ।

बोर्डले २१ फागुनभित्र फाराम बुझ्ने÷बुझाउने गरी म्याद थप गरिएकोले फाराम भएका विद्यालयहरूले बोर्डको सम्बन्धित कार्यालयमा सम्पर्क राखी फारम बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?