+
+

प्राविधिक समस्या आएपछि धावनमार्ग पुगेको यतीको विमान पार्किङमै फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते ९:१४

१४ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएको छ ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३०  थियो ।

यति एयरलाइन्सले भने उक्त विमान मर्मतपछि विराटनगर पुगेर फर्किसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?