+
+

बारामा वर्कसपमा बिस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १८:२९
फाइल तस्वीर ।

१४ फागुन, काठमाडौं । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीय रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्पताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

डीएसपी न्यौपानेका अनुसार घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया ऋतु रजक, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् ।

घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको छ । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?