+
+

यू-१९ महिला क्रिकेट टिमको प्रशिक्षकमा रिजाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १८:४४

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ ।

सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ ।

त्यो प्रतियोगितलाई मध्यनजर गर्दै क्यानले मिसन २०२७ भनेर यू–१६ महिला अन्तर स्कूल ट्यालेन्ट हन्ट तथा प्रशिक्षणका कार्यक्रमलाई सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

उमेर समूहका प्रतियोगितामा सहभागी हुने खेलाडीलाई उमेर खुल्ने कागजात तथा विद्यालयका शैक्षिक प्रमाणपत्रका साथै अन्य मापदण्ड बनाएर सहभागी गराउने वा नगराउने सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रम बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्ने पनि क्यानले जनाएको छ ।

क्यानले प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले, प्राविधिक समिति संयोजक विक्रम विष्ट, विकास समिति संयोजक धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदीप मजगैंयालाई नियुक्त गरेको छ ।

क्यानले नेपाल ए टिमको प्रमुख प्रशिक्षकको रुपमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?