+
+

गैरआर्थिक भ्रष्टाचारको अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:१७

१५ फागुन, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बेठकले यस्तो निर्देश गरेको हो ।

‘आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने, गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्यसम्पादन गर्नसमेत समितिको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ’ समितिको निर्णय छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

यसैगरी, समितिले अनुसन्धानका क्रममा आवश्यक पर्ने सूचना आदनप्रदानका लागि अन्य मुलुकहरुसँग बहुपक्षीय, दुईपक्षीय सम्झौता गर्न र संसदबाट अनुमोदन गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको निर्णयमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययन र अनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ ।

यस्ता सम्झौताहरु हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरु गर्न, संसदबाट अनुमोदन गराउन यो बैठक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?