+
+

पाँचपोखरी टी-२० क्रिकेट : पाँचपोखरी हिमालयन र मेलम्चीको जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:४७

१६ फागुन, काठमाडौं । छैटौं संस्करणको पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौं दिन पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले टस जितेर बलिङ रोजेपछि गत वर्षको विजेता ह्योल्मो एघार १८.३ ओभरमा १२२ रनमा अल आउट भयो । विनोद तामाङले सर्वाधिक ४३ रन बनाएका थिए ।

पाँचपोखरी हिमालयन क्रिकेट क्लबका कर्मा तामाङ एक्लैले ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिर्दै ह्याट्रिक सहित ५ विकेट चड्काएका थिए ।

जितको लागि १२३ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरेको पाँचपोखरी हिमालयनले १७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टाएको थियो । खेलको प्लेयर अफ द म्याच कर्मा तामाङ घोषित भए ।

बुधबार नै भएको दोश्रो खेलमा टस जितेर व्याटिङ रोजेको द माइटी साँगाचोकले १९ ओभरमा ९९ रनमा अल आउट भएको थियो । मेलम्चीको लागि सोनु देवकोटा र रेन्जिन लामाले समान ३-३ विकेट हात पारेका थिए ।

जवाफी व्याटिङ गरेको मेलम्चीले १३ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । द माइटी साँगाचोकका लागि मनिष पराजुलिले २ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ दि म्याच मेलम्ची का क्याप्टेन रेन्जिन लामा भए । उनले खेलमा ३ विकेट लिनुका साथै ४४ रनको महत्वपुर्ण इनिङस् खेलेका थिए ।

यो सँगै मेलम्चीले लगातार दोश्रो जित दर्ता गरेको छ । पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितोको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीसीए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?