+
+

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १९:४४

१७ फागुन, काठमाडौं । तल्लो मूलपानी क्रिकेट मैदानमा जारी पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्लेयर अफ द म्याच चुनिएका विजय धितालले ३.१ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । मनोज खड्काले ३ र सार्थक धितालले २ विकेट चट्काए ।

९७ रनको विजयी लक्ष्य पछ्याएको पाँचपोखरीले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सार्थक धितालले २०, लाक्पा लामाले २४ र विजय धितालले १४ रन बनाएका थिए ।

रिन्जिन लामा र रामकृष्ण दुलालले २-२ विकेट बाँडे ।

यस जितसँगै पाँचपोखरी समूह बी विजेता तथा मेलम्ची समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

अर्को खेलमा ह्योल्मो-११ ले भोटेचौर स्पोर्ट्स क्लबलाई ९ विकेटको हरायो । जितको लागि पाएको १२० रनको विजयी लक्ष्य ह्योल्मोले १७ ओभरमा १ विकेट क्षतिमा पूरा गर्‍यो ।

नाम्गिलले ५६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ६६ रन जोडे । विनोद तामाङले ३८ बलमा ७ चौकासहित ४३ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । ओपनर दुर्गेश थापाले ४२ रन जोडे पनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् ।

ह्योल्मोका फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले २-२ विकेट लिए । ह्योल्मो-११ समूह विजेता बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?