+
+

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ११:३२

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो ।

युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

विवेक राना मगरले ३७ र लाक्पा छिरिङले १७, विजयकुमार धिताल १२ र निशान्त धिताले ४ रन बनाए । ह्योल्मोका लाक्पा सोनाम शेर्पाले एक विकेट लिए ।

जितको लागि १६५ रनको विजय लक्ष्य पछ्याएको ह्योल्मोले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाउन सक्यो । ह्योल्मोका नामग्याल शेर्पाले ४७, विवेक तामाङले २२ दावा सोनाम शेर्पाले २० र लाक्पा सोनाम शेर्पाले १५ रन बनाए । पाँच पोखरीका भुवन खड्काले तीन, विवेक राणा मगर र विजयकुमार धितालले २/२ विकेट लिए ।

विजेता पाँचपोखरीले एक लाख र उपविजेता ह्योल्मो ११ ले ५० हजार प्राप्त गरेको छ । सार्थक धिताल म्यान अफ द सिरिज चुनिए । उत्कृष्ट ब्याटर ह्योल्मो ११ का विनोद तामाङ, उत्कृष्ट बलर पाँचपोखरी क्रिकेट क्लबका विजय कुमार धिताल र पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदयमान खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?