+
+

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २१:१४

१६ फागुन, काठमाडौ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ कार्यक्रम फागुन २१ गते हुने भएको छ ।

संघीय संसद सचिवालयले सूचना निकालेर फागुन २१ गते बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको छ ।

राष्ट्रिय सभामा गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक चौथाइ सांसद प्रत्येक दुई वर्षमा चुनिएर फेरिन्छन् । २०७४ सालमा निर्वाचित भएका सांसदहरुमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरु यही फागुन २० गतेबाट बिदा हुँदैछन् ।

उनीहरुको ठाउँमा निर्वाचित भएकाहरुको शपथ फागुन २१ गते हुन लागेको हो ।

गत माघ ११ गते भएको चुनावबाट राष्ट्रिय सभामा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी, बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् ।

गण्डकीबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशबाट माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?