+
+

बजेट सिलिङ थोरै राखेको भौतिक पूर्वाधार सचिवको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १७:०७

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा आफूहरुलाई २०० अर्ब बजेट चाहिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले अर्थ मन्त्रालयले १२४ अर्बको सिलिङ तोकेको भन्दै असन्तुष्टि जनाए ।

आर्थिक वर्ष २०७९/८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६५ अर्ब रुपैयाँ बजेट पाएको थियो । तर आर्थिक वर्ष ०८०/८१ मा १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र पाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुत मार्गलाई धेरै पैसा चाहिने भएकाले आगामी आर्थिक वर्षमा कम्तीमा २ खर्ब रुपैयाँ आवश्यक पर्ने बताएका हुन् ।

‘सडक विभागलाई चाहिन्थ्यो १३० (अर्ब), आर्मीलाई चाहिन्थ्यो ५० र अरु रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा आएको छ १२४’, उनले भने, ‘यहीँ भित्रबाट फेरि बाँड्ने हो । कसरी धान्ने भनेर एकदमै दबाबमा परिन्छ ।’

सचिव शर्माले बजेटको सिलिङ यत्ति नै हो भने आगामी आर्थिक वर्षमा कुनै नयाँ काम गर्न नसकिने बताए ।

‘यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔं । कि बजेटको आकार बढाऔं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?