+
+

‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १७:२४

काठमाडौं । सिद्धार्थ मल्होत्रा स्टारर बलिउड फिल्म ‘योद्धा’को ट्रेलर सार्वजनिक भएको छ । सागर आम्बरे र पुष्कर ओझा निर्देशित फिल्मको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ ।

देशभक्तिले प्रेरित ‘यौद्धा’को ट्रेलरको सुरुवात एक विमान अपहरणको दृश्यबाट सुरु हुन्छ । २ घण्टा ४८ घण्टा लामो ट्रेलरले सिद्धार्थ मल्होत्राले अपहरित विमानलाई जोगाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । ट्रेलरमा सिद्धार्थको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ । यसले दर्शकलाई फिल्म ‘शेरशाह’को याद दिलाउँछ ।

फिल्ममा राशी खन्ना र दिशा पटानीको पनि मुख्य भूमिका छ । आगामी १५ मार्चमा रिलिज तयारीमा रहेको फिल्मलाई अमेजन प्राइम र धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् । फिल्मका निर्मातामा हिरु यश जोहर, करण जोहर, अपूर्व मेहता र शशांक खेतान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?