+
+

‘डिग्री माइला’बारे विनोद चौधरी : ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी !’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:०९

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ । उक्त ट्रेलरमा नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई लिएर एउटा संवाद छ-

दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो ।

माओत्से : तैंले किन खाइनस् त ?

दयाहाङ : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ?

फिल्मको उक्त संवादलाई लिएर चौधरीले अभिनेता राईलाई कटाक्षसहितको प्रशंसा गरेका छन् । फेसबुकमा राईलाई ट्याग गर्दै चौधरी लेख्छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ।’

चौधरीको यो स्टाटसलाई लिएर प्रशस्तै टिकाटिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?