+
+

नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १५:३२
फाइल तस्वीर

१८ फागुन, काठमाडौं ।  विश्वकप छनोटमा बहराइनसँग नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।

विश्वकप छनोटका सबै खेल होम एण्ड अवे हुने नियम छ । त्यसअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने हो ।

तर एसियाली फुटबल महासंघ (एएफसी)ले मैदानको कारण देखाएर नेपालको होम गेम काठमाडौंमा गर्न अस्वीकार गरेको छ ।

अखिल नेपाल फटबल संघ (एन्फा)ले शुक्रबार सूचना जारी गर्दै चैत ८ गते हुने भनिएको होम गेम नेपालमा नहुने बताएको छ ।

‘अब खेल देश बाहिर हुनेछ, जुन छिट्टै घोषणा गरिनेछ’, एन्फाले भनेको छ । चैत १३ गते नेपालले अवे खेल बहराइमै खेल्ने छ । तर होम गेमका लाग भने अर्को स्थान नेपालले नै प्रस्ताव गर्ने छ ।

बहराइनले दशरथ रंगशालाको मैदान खेल्न स्तरीय नभएको भन्दै एएफसीमा उजुरी गरेको थियो । त्यो उजुरीपछि एफएफसीको टोलीले आएर मैदानको निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?