+

११औं किन्डर ओलम्पिकमा १७०० जना सहभागी हुने

२०८० माघ  ४ गते १७:५१ २०८० माघ ४ गते १७:५१
११औं किन्डर ओलम्पिकमा १७०० जना सहभागी हुने

४ माघ, काठमाडौं । ११औं किन्डर ओलम्पिक २०८० यही माघ ६ र १३ गते दशरथ रंगशालामा हुने भएको छ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसियसन (एकता)को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपाली काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने विहिवार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष विना शर्माले जानकारी दिइन् ।

दशरथ रंगशालामा हुने कार्यक्रममा ३ देखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीहरुले विभिन्न खेलकुद इभेन्ट्सहरुमा भाग लिने प्रतियोगिताका संयोजक केदारमान स्थापितले बताएका छन् । जसमा एथलेटिक्स लगायत जुडो, कराते, उसु, तेक्वान्दो खेल समावेश गरिएको छ ।

सानै उमेरबाट नै विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त इभेन्टसको नारा ‘जितभन्दा सहभागिता महत्वपूर्ण’ राखिएको छ । एकताका अध्यक्ष विना शर्माले भने ‘किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो ।

साना नानीहरुलाई रंगशालासम्म दोर्‍याउनु हाम्रो उदेश्य हो । हामीले सबै सहभागीलाई पदक दिन्छौं । ताकी जित भन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गरुन् ।’

सहभागि खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

किन्डर ओलम्पिक दशरथ रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय