News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि ६ वटै फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरू औपचारिक रूपमा नियुक्त भएका छन् ।
- काठमाडौंमा सम्पन्न प्रक्रियाबाट उत्सव खड्का, भारत यादव, निपा बहादुर बिक, रमेश केसी, चन्द्रबहादुर कुँवर र रुपेश कुमार बिष्ट प्रशिक्षक बनेका छन् ।
- आयोजकले नेपाली भलिबललाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित निष्पक्ष र पारदर्शी विधिबाट प्रशिक्षकहरूको बाँडफाँड गरेको जनाएको छ ।
२८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
लिगले आइतबार काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो ।
नेपाल भलिबल संघको समन्वय र लिगको नियमावलीअनुसार निष्पक्ष, पारदर्शी तथा सहमतिका आधारमा प्रशिक्षक बाँडफाँड गरिएको आयोजकले जनाएको छ । प्रक्रियामा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिले बाँडफाँडमा सहमति जनाउँदै हस्ताक्षरसमेत गरेका छन् ।
बाँडफाँडअनुसार सगरमाथा स्म्यासर्सको मुख्य प्रशिक्षकमा उत्सव खड्का नियुक्त भएका छन् । मधेश वारियर्सको जिम्मेवारी भारत यादवले पाउँदा काठमाडौं रेड्सको मुख्य प्रशिक्षक निपा बहादुर बिक बनेका छन् ।
यस्तै, अन्नपूर्ण स्पाइकर किंग्सको मुख्य प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र खप्तड फाल्कन्सको मुख्य प्रशिक्षकमा रुपेश कुमार बिष्ट नियुक्त भएका छन् ।
नेपाल भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । लिगले नेपाली भलिबलको विकासका लागि सबै सरोकारवालाको निरन्तर सहयोग र साथप्रति आभारसमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया 4