+
+

दशरथ रंगशालाले धान्दैन, त्यो भन्दा ठूलो चाहिन्छ : अध्यक्ष नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १६:२८

१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अर्को रंगशाला आवश्यक भएको बताएका छन् ।

सोमबारको एन्फाको साधारण सभामा बोल्दै उनले नेपालमा फुटबलको लोकप्रियता बढ्दै गएकाले अब दशरथ रंगशालाले मात्र नधान्ने बताए ।

‘काठमाडौंमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ । अहिलेसम्म धानिरहेको अवस्था छ । फुटबलको यस्तै लोकप्रियता बढ्दै गएको अवस्थामा अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन’, अध्यक्ष नेम्वाङले भने, ‘सदस्यसचिवलाई केही अनुरोध गर्न चाहन्छु । एउटा अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ ।’

उनले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?