+
+

नेपाललाई छैटौं सफलता, करण, प्रतिश र कुशलले लिए २/२ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १२:२६

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ ।

९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौं  सफलता दिलाएका हुन् ।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौं बलमा आर्यन दत्तलाई आउट गराएका हुन् ।

यसअघि करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

त्यसपछि ८औं पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?