+
+

नेपाललाई सातौं सफलता, प्रतिश जिसीले लिए ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १२:४९

१९ फागुन, काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले सातौं सफलता हात पारेको छ ।

१४औं ओभरको तेस्रो बलमा विकेट लिंदै बायाँहाते तीव्र गतिकका बलर  प्रतिश जिसीले नेपाललाई सातौं सफलता दिलाएका हुन् ।

जिसीले तेजा निडामानिरुलाई आउट गरे । यो उनको व्यक्तिगत तेस्रो विकेट हो ।

यसअघि उनले ८औं पहिलो बलमा कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका थिए ।

२ विकेट लिएका कुशल मल्लले नोहाक क्रस र आर्यन दत्तलाई आउट गराए ।

करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै नेपाललाई सुखद सुरुआत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?