+
+

चार भोजपुरी कलाकारलाई बीजेपीले बनायो लोकसभा चुनावको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २२:५७

काठमाडौं । भारतीय जनता पार्टीले आगामी लोकसभा चुनाव २०२४ का लागि पहिलो चरणमा १९५ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचीमा चारजना भोजपुरी स्टार्सको नाम पनि समावेश छ ।

चार भोजपुरी कलाकारले बीजेपीको तर्फबाट टिकट पाएका छन् जसमा मनोज तिवारी, रवि किसन, दिनेशलाल निरहुआ र पवन सिंहको नाम सामेल छ ।

तिवारीलाई उत्तरपूर्वी दिल्लीबाट यसपटक पनि उम्मेदवार बनाइएको छ । उनले ट्वीटरमार्फत आफूलाई भरोसा गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

रवि किशनलाई गोरखपुरबाट, आजमगढबाट वर्तमान लोकसभा सांसद समेत रहेका दिनेशलाललाई पुनः टिकट दिइएको छ । पवन सिंहलाई पश्चिम बंगालको आसनसोल सिटबाट उठाइएको छ । यो सिटबाट अहिले तृणमूल कांग्रेसको टिकटका बीजेपीका पूर्वनेता समेत रहेका शत्रुघन सिन्हा सांसद छन् ।

शत्रुघन सिन्हासँग आमनेसामने हुनेबारे पवनसिंहलाई सोधिएको प्रश्नमा उनले बिचारधारा अलग रहेको प्रतिक्रिया दिए । तर, लोकसभा चुनावमा आफूले जित हासिल गर्ने दावी उनले गरे । बीजेपीले पहिलो सूचीमा भोजपुरी कलाकारप्रति भरोसा जनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?