+
+

दोस्रो कर्णाली चलचित्र कार्यशाला बुधबारदेखि सुर्खेतमा  

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १२:११
फाइल तस्वीर

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला यही फागुन २३ गतेबाट सुर्खेतमा हुने भएको छ । आइबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिले फागुन २९ गतेसम्म हुने साताव्यापी चलचित्र कार्यशालाको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिएको छ ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,’ प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले भने ।

यसअघि २०७९ असारमा पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो । पहिलो कार्यशालामा फिल्मसम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक आधारभूत कोर्स पढेकासहित नयाँ विद्यार्थीलाई ‘एड्भान्स कोर्स’ सिकाइने खड्काले बताए ।

कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले अभिनयसम्बन्धी मास्टर क्लास दिनेछन् । फिल्म निर्देशक दयाराम दाहालले पनि निर्देशनबारे विशेष क्लास दिने भएका छन् । यस्तै फिल्म लेखक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले लेखन र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिनेछिन् भने मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् ।

कार्यशालामा सहभागी विद्यार्थीले तीनवटा डकुमेन्ट्री र तीनवटा सर्ट फिल्म पनि निर्माण गर्ने जनाइएको छ । कार्यशालामा कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?