+
+
Shares

शालिनको मृत्यु प्रकरण : सामाजिक सदभाव कायम गर्न अजिरकोट गाउँपालिकाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:४५

२० फागुन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले शालिन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

आइतवार प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले सामाजिक सन्जालमा घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सदभाव कायम गर्न सबैमा अपिल गरेको हो ।

शालिनको मृत्युको घटनाबाट स्तब्ध भएको भन्दै गाउँपालिकाले सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन प्रतिबद्ध रहेको जनाएको छ । उक्त घटनाको निष्पक्ष ढंगले अनुसन्धान गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?