+
+

तीन विश्वविद्यालय उपकुलपति विहीन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १५:३८

२० फागुन, काठमाडौं। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ ।

पुर्वाञ्चल र सुदूरपश्चिम १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति विहिन बनेको हो ।

सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको समितिले छनोट तथा सिफारिसका लागि प्रकृया जारी रहेको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयको लागि १८ जनाको आवेदन परेको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वको सुदूर तथा मध्यपश्चिम विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस प्रकृया स्थगित गरेको थियो ।

उपकुलपति छनोट तथा सिफारिसको लागि बनाइएको मापदण्डमा विवादित बनेको भन्दै समितिले ६ फागुनमा स्थगित भएको प्रकृयाबारे अझै निर्णय गर्न सकेको छैन । यो अवधिमा दुबै विश्वविद्यालयमा ९÷९ जना गरी १८ जनाको आवेदन परेको सिफारिस समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?