+
+

धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १९:०८

२० फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका स्कुल बसको ठक्करबाट दुईजना घाइते भएका छन् ।

बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलको ना १ प ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो घाइते भएका छन् । दुबै दाजुभाइ रहेको स्थानीयले बताएका छन् ।

चलक रुपेश गम्भीर घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खोजी कार्य र दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आज बिहानै धनुषाकै जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा जनकपुरको एंजल्स बोर्डिंग स्कुलबसले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ भने अन्य ६ घना घाइते एको छ भने अन्य ६ घना घाइते छन् । पछिल्लो समय स्कुल बस तिवग्रगतिमा जथाभावी गुडाउँदा यात्रीसंगै बालबालिकाको ज्यान समेत जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?