
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् ।
पार्टीबाट सरकारमा गएका नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् । एक मन्त्रीका अनुसार बजेटको सिलिङ र मन्त्रीहरुको काम कारबाहीबारे छलफल भएको थियो । संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभा सदस्य कृष्ण सिटौला समेत उपस्थित थिए ।
छलफलमा देउवाले मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । ‘संसदमा उपस्थिति र प्रस्तुति दुबै कमजोर भयो, राम्रो हुनुपर्यो भन्नुभएको छ’ एक मन्त्रीले भने ।
छलफलमा खेलकुदमन्त्री डिगबहादुर लिम्बु भने अनुपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4