+
+

फुटबलर प्रितीको अप्रेसन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १२:१८

२१ फागुन, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

प्रितीको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आज सोमबार शल्यक्रिया गर्न लागिएको छ ।

वाफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा घुँडामा चोट बोकेकी उनको मिनिस्कस टियर भएको महिला टिमकी फिजियो नविना श्रेष्ठले जानकारी दिइन् ।

‘प्रितीको ल्याट्रल मिनिस्कस टियर भएको हो । लिगामेन्ट होइन । मिनिस्कस इन्जुरी ३ महिनामा ठिक हुन्छ’, उनले भनिन् ।

१९ वर्षीय प्रितीले सेमिफाइनलमा लेवनानविरुद्ध अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्‍याएकी थिइन् । ‘अप्रेसन धेरै ठूलो होइन । १५ देखि ३० मिनेट लाग्ने । रिहाब र फिजियो थेरापी गरेपछि उनी ३ महिनामा मैदानमा फर्कन्छिन्’, नवीनाले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?