+
+

श्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १७:२५

२२ फागुन, रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट नेपाल प्रहरीले श्रोत नखुलेको १० लाख रकम बरामद गरेको छ ।

ईशनाथ नगरपालिका १ स्थीत सडक खण्डमा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चीमबाट पूर्वतर्फ आउदै गरेको प्र.३ ०१–०२३च.५३८५ नम्बरको गाडीबाट श्रोत खुल्न नसकेको सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडीमा सवार रहेका देवराज थिङ्ग र चालक रामरती मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थिङ्गले आफ्नो साथमा बोकेको कालो रंगको झोला भित्र १ हजार दरको नोट ८५० थान र ५ सय दरको नोट ३०० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

बरामद भएको नगद सहितको व्यक्तिलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?